बालकोटमा ओली र अर्जुननरसिंह केसीबीच छलफल

Machchapuchchre Bank

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्। ओली निवास बालकोटमा आइतबार बेलुकी केसी र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको हो। उनीहरूबीच करिब दुई घन्टा कुराकानी भएको केसीको सचिवालयले जानकारी दिएको छ। भेटवार्तामा ओलीले नयाँ सरकार गठनबारे चासो राखेका थिए। ओलीको निमन्त्रणामा केसी बालकोट पुगेका थिए।भेटवार्तामा द्वन्द्वकालीन मुद्दा किनारा लगाउने, भ्रष्टाचारविरूद्ध एक भई लड्नेलगायत विषयमा पनि उनीहरूबीच कुराकानी भएको केसीको सचिवालयले जानकारी दिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्