अर्थ राजनीति ~ राष्ट्रियसभाको बैठकमा आज पनि नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफल जारी रहनेछ ।
राष्ट्रियसभाको बैठक शुक्रबार दिउँसो बस्दैछ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार छलफलका लागि नाम दर्ता गराउने सांसदले पालो नआएपछि आजको बैठकमा पनि छलफल जारी रहने जानकारी दिए ।
बिहीबार सांसद जितेन्द्रनारायण देवले प्रमुख प्रतिपक्षले विधेयकमा राजनीति गरेको आरोप लगाए ।
तत्कालीन सरकारले नागरिकता विधेयकमा अध्यादेश ल्याएपछि ‘वैवाहिक अंगीकृत नागरिकता’को विषय किन नआएको उनले जिज्ञासा राखे ।
उनले संविधानअनुसार नै विधेयक ल्याइएको तर्क गरे ।