अर्थ राजनीति ~ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तीन लाख सुरक्षाकर्मीले सुरक्षाको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
सरकारले एकै चरणमा निर्वाचन गराउने घोषणा गरेको छ भने आगामी मंसिर २० गते दोहोरो निर्वाचनका लागि मतदान हुँदैछ ।
निर्वाचनका लागि नेपाल प्रहरीले ७१ हजार ६ सय ९३ प्रहरी र एक लाख १५ हजार अस्थायी प्रहरी परिचालन गर्ने योजना बनाएको छ भने नेपाली सेनाले विगतमा जस्तै ७१ हजार र सशस्त्र प्रहरी बलले ३५ हजार जनशक्ति परिचालन गर्ने आन्तरिक तयारी गरेको छ ।
त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागबाट पनि दुई सयभन्दा बढी उम्मेदवार हुनेछन् ।
निर्वाचनका लागि परिचालन हुने गरी जम्मा २ लाख ९४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
तर, निर्वाचनको केन्द्रीय सुरक्षा योजनाअनुसार संख्यामा केही परिवर्तन हुनसक्ने सुरक्षा अधिकारीहरुले बताएका छन् ।
गृहमन्त्रालयले निर्वाचनको केन्द्रीय सुरक्षा योजनालाई अन्तिम रूप दिन सकेको छैन ।