नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच आज छिङदाओमा वार्ता हुँदैछ

Machchapuchchre
अर्थ राजनीति  ~   चीन भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले आज आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

परराष्ट्रमन्त्री डा खड्का र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार राति चीन प्रस्थान गरेका छन् ।

नेपाली प्रतिनिधिमण्डलमा गृह मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, अर्थ मन्त्रालयलगायतका उच्च अधिकारी सहभागी छन् ।

दुई मन्त्रीबीच चीनको छिङदाओमा नेपाल–चीन सम्बन्धका विविध विषयमा वार्ता हुनेछ ।

चिनियाँ विदेशमन्त्री यीले आज नेपाली टोलीको सम्मानमा रात्रिभोज पनि दिने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री खड्कासहितको टोली बिहीबार स्वदेश फर्कनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्