प्रधानमन्त्री सँग मन्त्री र सचिवहरुले गरे छलफल, यस्तो छ निश्कर्ष

Machchapuchchre

अर्थ राजनीति  ~ सिंहदरबारस्थित प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित विगतका कार्यको समीक्षा तथा चालू आबको बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयनका विषयमा भएको छलफल कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले जनताले अनुभूति गर्नेगरी सेवा प्रवाहमा ध्यान दिनुपर्ने र सुशासन कायम गर्नुपर्नेमा जोड दिए ।

देउवाले चालू आर्थिक वर्षको नीति योजना र कार्यक्रम तथा बजेटको कुशलतापूर्वक कार्यान्वयन गर्न विषयगत मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन पनि दिए । विकास आयोजना समयमा नै सम्पन्न हुन नसक्नुका कारण पहिचान गरी ती आयोजना समयमा नै सम्पन्न गर्नेगरी लाग्न मन्त्री र सचिवलाई विशेष निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्थले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले लामो समयपछि मन्त्री र सचिवसँग अन्तक्र्रिया गरेका हुन् ।कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले आफू सरकारमा आएपछि कोभिड महामारीको चपेटामा परेका सर्वसाधारण नागरिकलाई कोभिड भ्याक्सिन लगाउन सफल भएको बताए । प्रधानमन्त्री देउवाले मुलुकमा देखापरेका समस्या समाधान गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्