लुम्बिनी विकास बैंकको सीईओमा पुन नरेश सिंह बोहरा

Machchapuchchre

अर्थ राजनीति  ~  लुम्बिनी विकास बैंकले साउन २ देखि लागु हुने गरी बैंकले ४ बर्षे कार्यकालका लागि (सीईओ)मा पुन नरेश सिंह बोहरा लाई नियुक्त गरेको छ। बोहराले सो बैंकमा आफ्नो पहिलो कार्यकालमा उल्लेख्य सफलता हासिल गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नियुक्तिगरेपछिको पदबहाली कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष प्रवीण कृष्ण श्रेष्ठ, बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल, नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरू लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
 उनको कार्यकालमा चुक्ता पु‘जी २.१० अर्बबाट बृद्धि भएर ३.२८ अर्ब पुगेको बैंकले जनाएको छ । बैंकको निक्षेप २२.९६ अर्बबाट बृद्धि भएर ४५.१४ अर्ब पुगेको छ भने कर्जा लगानी २२.७५ अर्बबाट बृद्धि भएर ४१.१३ अर्ब पुगेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्