बैकिङ्ग एण्ड फाइनान्सियल सोलुसन द्वारा रेमिट्यान्स सम्बन्धी वित्तीय साक्षरत कार्यक्रम सम्पन्न

Machchapuchchre

अर्थ राजनीति  ~   बैकिङ्ग एण्ड फाइनान्सियल सोलुसन प्रा.लि.ले कृषि बिकास बैंक लिमिटेडको सहकार्य एवं सहभागितामा प्रदेश नं ५ मंगलावपुर, भैरहवा स्थित कृषि बिकास बैंकको तालिम केन्द्रमा वित्तीय साक्षरता अन्तरगत लुम्बिनी प्रदेश स्तरिय “रेमिट्यान्स सम्बन्धी वित्तीय साक्षरत कार्यक्रम” सम्पन्न गरेको छ । उक्त कार्यक्रमको मुख्य उद्देश्य रोजगारीका लागि बिदेश जाने युवाहरुलाई लक्षित गरि “रेमिट्यान्स”लाई मध्यनजर गरिएको थियो । गत शनिवार सम्पन्न गरिएको उक्त कार्यक्रममा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा तिलोत्तमा नगर प्रमुख श्री रामकृष्ण खाँड , विभिन्न वडाका वडा अध्यक्ष , विभिन्न बैंकका कर्मचारी, व्यापारी, एंव इच्छुक व्यक्तिवहरुले आ–आफ्नो तर्फबाट जनचेतना मुलक वित्तीय साक्षरता एंव रेमिट्यान्स सम्बन्धी विचार प्रस्तुत गर्नु भएकोे थियो । सोही क्रममा बैकिङ्ग एण्ड फाइनान्सियल सोलुसन प्रा.लि. का अध्यक्ष श्री मनोज पौड्यालले वित्तीय साक्षरत सम्वन्धि वृत्तचित्र प्रश्तुत गर्दै रेमिट्यान्सबारे सामान्य  ज्ञान, यसका फाइदा, उचित सदुपयोग, आर्थिक समृदि एंव यसका प्रभावकारीता बारेमा प्रकाश पार्नु भएको थियो । र आगामी दिनहरुमा पनि यस्तै प्रकारका कार्यक्रमहरु आयोजना गरी धेरै भन्दा धेरै सर्वसाधणलाई वित्तीय साक्षरता गराउने अभियानमा आफु र आफ्नो टिम लागेको प्रष्ट पार्नु भयो । साथै, उक्त कार्यक्रम आउदो शनिवार नेपाल टेलिभिजनमा प्रसारण हुने “बैकिङ्ग सेरोफेरो” मा प्रसारण गरिने हुदां समय दिएर हेर्न समेत वहाँले सबैलाई जानकारी गराउनु भयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्