र्मन्त्री शर्मामाथि छानबिन संसदीय समिति बन्ने

Machchapuchchre

अर्थ राजनीति  ~प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार आजै संसदीय समिति बनाउने तयारी छ। २०७९/०८० को बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दर तलमाथि गरेको शर्मामाथि आरोप छ। ती आरोपबारे छानबिन गर्न समिति बन्न लागेको हो।

बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा भएको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा शर्माले संसदमा आफ्ना कुरा राख्ने बताएका थिए।

यसैबीच अर्थमन्त्री शर्माले आफूमाथि लागेका आरोपबारे बुधबारको संसद बैठकमा बोल्ने भएका छन्।

अर्थमन्त्रीलाई संसदमा आज कुनै हालतमा बोल्न नदिने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सेतोपाटीलाई बताए ‘हामी अर्थमन्त्रीलाई बोल्न दिँदैनौं। संसदमा नाराबाजी हुन्छ। उहाँले बोल्ने आधार गुमाइसक्नुभएको छ,’ उनले भने,’माओवादीले वार्ता गर्ने हो भने उच्च तहमा गर्ने होला। हामी अर्थमन्त्रीसँग भने वार्ता गर्दैनौं ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने अर्थमन्त्री शर्मालाई आज संसदमा बोल्न नदिने बताएको छ। अर्थमन्त्रीले संसदमा बोल्ने नैतिक आधार गुमाएको भन्दै बोल्न नदिने एमालेले निर्णय गरेको हो।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्