” पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको छ “: अध्यक्ष दाहाल

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको दाबी गरेका छन् ।  उनले एकता र विभाजनको श्रृङ्खला पार गर्दै पूर्वमाओवादीहरू एक ठाउँमा आउने परिस्थिति निर्माण भएको बताए । नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एकताको वातावरण बनेर छिट्टै टुंगोमा पुग्ने अवस्था सिर्जना भएको दाबी गरे । ‘एकता र विभाजनको श्रृङ्खला पार गर्दै हामी यहाँ आइपुगेका छौँ । अब चाहिँ हामी सबै पूर्व माओवादी भन्नेजति एक ठाउँमा आउने वातावरण बन्दैछ’, प्रचण्डले भने । विभाजनलाई निषेध गर्दै एकताले ठाउँ लिन लागेको उनको भनाइ थियो ।उनले आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउने षड्यन्त्र भइरहेकोले परिवर्तनकारी शक्तिहरू एक हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्