काठमाडौं महानगरपालिका : नीति तथा कार्यक्रम आज सार्वजनिक हुदै

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज (आइतबार) सार्वजनिक गरिंदै छ । दिउँसो ३ बजे राष्ट्रिय सभा गृहबाट मेयर बालेन्द्र साह (बालेन) ले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको हाे। नीति तथा कार्यक्रम अनुमोदन गर्न महानगरपालिकाको कार्यपालिकाको बैठक अहिले बसिरहेको छ । नीति तथा कार्यक्रम बनाउन तीन सदस्यीय समिति बनाइएको थियो । महानगरको कार्यपालिकामा प्रतिनिधित्व गर्ने वडाध्यक्षको समेत भावना र सुझावलाई समेटेर नीति तथा कार्यक्रम तयार पारेको बताइएको छ । स्वतन्त्र उम्मेदवार बालेन्द्र साह मेयरमा निर्वाचित भएपछिको पहिलो नीति तथा कार्यक्रम भएकाले महत्वका साथ हेरिएको छ । काठमाडौं महानगरपालिकाले यहि असार १० गते बजेट ल्याउने तयारी गरेको छ । यसैबीच, काठमाडौंका मेयर साहले नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा रंगशाला बनाउने विषयमा छलफल सुरु गर्नुभएको छ । फोहोरले भरिएर बन्द गर्ने अवस्थामा पुगेको सिसडोलमा रङ्गशाला निर्माणको विषयमा मेयर साहले अखिल नेपाल फुटबल संघको अध्यक्षका उम्मेदवार पंकज नेम्वाङलगायतसँग छलफल गर्नुभएको हो । लिगका लागि स्थानीय खेलाडीहरुको टिम बनाउने र त्यसका लागि आवश्यक पर्ने रङ्गशाला सिसडोलमा बनाउने योजना मेयर साहले बताउनुभएको हो । सिसडोल काठमाडौंबाट १२ किलोमिटरको दूरीमा पर्दछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्