आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख २ सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले घटेको हो । सोमबार पनि सुनको मूल्य तोलामा ३ सयले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ पुगेको छ ।     त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३५० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्