गभर्नर अधिकारीकाे रिटको आज सुनुवाई हुँदै

Machchapuchchre

अर्थ राजनीति  ~    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटको पेशी आज (मंगलबार) सर्वोच्च अदालतको संयुक्त इजलासमा परेको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा पेशी परेको हाे । आफूमाथि छानबिन गर्ने जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णयविरुद्ध अधिकारीले वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको वैशाख ६ गतेको इजलासले जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने पक्षमा छलफल गर्न दुवै पक्षलाई मंगलबार छलफलमा बोलाउन समेत आदेश दिएको थियो । बिना जानकारी र बिना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको भन्दै उक्त निर्णय खारेजीको मागसहित गभर्नर अधिकारीले वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएकाे थियाे। गत चैत २५ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय समेत गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्