५ सय ११ नेपालीले छोडे युक्रेन, ४० परिवार बाहिर निस्कन नसक्ने अवस्थामा

Machchapuchchre

अर्थ राजनीति  ~  रुस-युक्रेन द्वन्द्वका कारण ५ सय ११ जना नेपालीले युक्रेन छोडेका छन् । अधिकांश नेपाली युक्रेनसँग सीमाना जोडिएको देशमा सुरक्षित बसेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काका अनुसार युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतका देशमा पुगेका छन् । दूतावासका अनुसार ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी र ४ माल्दावा पुगेका छन् । हालसम्म ५ सय ११ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेको र युक्रेनबाट निस्केकामध्ये ४० जना नेपालीले यात्रा अनुमतिपत्र लिएको दूतावासले जनाएको छ । युक्रेनमा करिब ४० जनाको परिवार व्यवसायसहित स्थायी बसोबास गर्दै आएकाले पारिवारिक र व्यवहारिक कारणले युक्रेन छोड्न नसकेको दूतावासले जनाएको छ । उनीहरू परिवारसहित व्यवसाय गरेर बसेकाले युक्रेन छाड्न नमिल्ने एनआरएनएबाट जानकारी पाएको राजदूत खड्काले बताए । हालसम्म उनीहरू सुरक्षित रहेको र त्यहाँबाट छिमेकी देशमा पठाउन पहल भइरहेको राजदूत खडकाले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्