माओवादीको केन्द्रीय समिति बैठक बस्दै

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । गत शुक्रबारदेखि सुरु भएको बैठक आइतबार फेरि बस्ने तय भए पनि अन्तिम समयमा आएर तयारी नपुगेको भन्दै स्थगित भएको थियो । स्थगित बैठक आज सोमबार बस्ने तयारी छ । बैठकमा पदाधिकारीको टुंगो लगाउनेबारे छलफल हुने बताइएको छ । गत पुषमा सम्पन्न महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्दै अपूरो केन्द्रीय समिति घोषणा गरेको थियो । महासचिव लगायतका पदमा सहमति नजुट्दा पदाधिकारी र केन्द्रीय समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । मुख्यगरी नेता वर्षमान पुन र जनार्दन शर्माले महासचिवमा दाबेदारी गरेका छन् । शुक्रबार सुरु भएकाे बैठकमा एमसीसी लगायतका विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए । एमसीसीमा अध्यक्ष दाहालले पार्टीको लाइनविपरीत निर्णय लिएको भन्दै श्रेष्ठ समूह असन्तुष्ट छ । श्रेष्ठले पार्टीभित्र वैचारिक संस्कृतिमा विचलन आउनुका साथै नेतृत्वमा व्यक्तिवादी प्रवृत्ति हाबी हुन थालेको बताउँदै आएका छन् । पुसको महाधिवेशनमा प्रचण्डले आत्मालोचना गर्दै कमजोरी सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । तर, एकल निर्णयबाट एमसीसी अनुमोदन गर्ने निर्णयले प्रचण्डमा सुधार नभएको निष्कर्ष श्रेष्ठ समूहको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्