” एमसीसी पास गर्न कांग्रेसले नाफाघाटा हेर्दैन” : प्रधानमन्त्री देउवा

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीको सन्दर्भमा कांग्रेसले ‘नाफाघाटा’ नहेर्ने बताएक छन् । आज कांग्रेस संसदीय दलको आजको बैठकमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसले क्षणिक लाभ वा हानिका आधारमा धारणा नबनाउने बताए । उनले भने, ‘हामीले नाफा घाटा हेरेर निर्णय गर्ने होइन । जे उचित हो त्यहि निर्णय गर्ने हो’, ‘ओलीजी आफैले ल्याएको प्रस्ताव हो नि । एमालेको मुख्य सचेतकले एमसीसी पारित गर्ने षड्यन्त्र भयो भनेछन् । एमालेकै अध्यक्ष प्रधानमन्त्री हुँदा ल्याएको प्रस्ताव पारित गर्दा कसरी षड्यन्त्र हुन्छ ? ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्