वैशाखमा चुनाव गराउन सरकारले तत्काल निर्णय लिनुपर्ने आयोगको निष्कर्ष

Machchapuchchre

अर्थ राजनीति  ~  निर्वाचन आयोगले स्थानीय तहको चुनाव गराउनका लागि सरकारले उपयुक्त निर्णय गर्नुपर्ने धारणा राखेको छ । आयोगले बोलाएको सर्वदलीय बैठकमा आयोगका पदाधिकारीले वैशाखमा स्थानीय तहको चुनाव गराउनका लागि १२० दिनको समय चाहिने भन्दै त्यसका लागि सरकारले तत्काल आवश्यक निर्णय गर्नुपर्ने बताएका हुन् । निर्वाचन आयोगले निर्वाचन गराउने प्रकृया सुरु गरिसकेको छ । जसअनुसार मतदाता नामावली संकलन गर्ने काम सम्पन्न भएको छ । यस्तै राष्ट्रियसभा चुनावको तयारी पनि अन्तिम अन्तिममा रहेको छ । स्थानीय तहको चुनावका लागि ठोस रुपमा अगाडि बढ्नुपर्ने आवश्यकता आयोगले शुक्रबारको सर्वदलीय बैठकमा औंल्याएको हो । आयोगले वैशाख १४ गते र २२ गते दुई चरणमा स्थानीय तहको चुनाव गरौं भनि बैठकमा प्रस्ताव गरेको छ । काँग्रेस नेता रमेश लेखकले वर्तमान सरकार तथा नेपाली काँग्रेस स्थानीय चुनाव गराउन तयार रहेको बताउँदै त्यसका लागि केही कानुन भने संशोधन गर्नुपर्ने बताए । संसदमा जारी अवरोधका कारण त्यसमा ढिलाई भएको उनको धारणा थियो ।  एमालेले ससद अवरोध हटाइदिए चुनावको बारेमा निर्णय गर्न सहज हुने उनले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्