हिमालयन-इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडिदै, सञ्चय कोषद्वारा नयाँ डिडिए गर्न माग

Machchapuchchre

अर्थ राजनीति   ~  हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर कर्मचारी सञ्चय कोषको निर्देशममा भाँडिने भएको छ । सञ्चय कोषका विस्वास पात्र हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले २९औं बार्षिक साधारणसभामा शेयर अनुपात नमिलेको भन्दै मर्जरको एजेण्डा नै अगाडि बडाएनन् । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज गर्ने कि नगर्ने भन्ने विषयमा मतदान भएको छ । त्यसको परिणाम आइसकेको छैन । हिमालयन बैंकले २९औं वार्षिक साधारणसभा शुक्रबार डाकेको थियो । सभामा सञ्चय कोषको तर्फबाट शेयर आदन प्रदान अनुपात नमिलेको भन्दै मर्जरको विपक्षमा प्रस्ताव पेश भएको थियो । अध्यक्ष श्रेष्ठले आफूसँग बैंकका लगानीकर्ताको ३६ प्रतिशतको समर्थन रहेको भन्दै विशेष प्रस्ताव आएको भन्दै अहिलेकै अवस्थामा मर्जर अगाडि नबढ्ने निर्णय सुनाएका थिए । सञ्चय कोषको प्रतिनिधिका रुपमा शिवराज पौडेलले अहिलेकै अवस्थामा मर्जर अगाडि नबढ्ने बताका छन । उनले सञ्चय कोषले नै २०७८ मंसिर २ गते नियुक्त गरेको विज्ञले दिएको प्रतिवेदनलाई आधार मानेर संयुक्त मर्जर समिति र डीडीए फर्मले दिएको प्रतिवेदनमाथि नै प्रश्न उठाए । उनले भने, ‘पहिलाको डिडिएका आधारमा मर्ज हुँदैन अब नयाँ डिडिए गर्नपर्छ ।’

हिमालयन बैंक र नेपाल ईन्भेस्टमेन्ट बैंक भाड्न कर्मचारी सञ्चाय कोषका पदाधिकारी र हिमालयन बैंकका पदाधिकारी नै लागि परेको समाचार प्राप्त भएको छ । मर्जर भाँड्नेमा प्रमुख भुमिका खेल्नेमा हिमालयन बैंकका पूर्व संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठ, उनका भाइ तथा वर्तमान अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र कर्मचारी संचय कोषका तर्फबाट संचालक बनेका जितेन्द्र धिताल नै भएको बैंक स्रोतले बताएको छ ।  यस मर्जर भाँडिदा यी दुई बैंकलाई मात्र नभएर नेपाल राष्ट्र बैंक र नेपाल सरकारले नै मर्जर–प्राप्तिको उद्देश्य समेत हावा खाने पक्का पक्कि जस्तै छ । यस मर्जर भाँड्नका निम्ति महत्वपूर्ण भूमिका खेल्न सरकारी पक्ष संचय कोषका विभिन्न पदमा रहेका व्यक्तिहरु समेत लागि परेको स्रोतले बताएको छ । हिमालयन बैंक र कर्मचारी सञ्चय कोषका पदाधिकारी नै किन मर्जर भाँड्न लागे भन्ने प्रश्न पनि बारम्बार उठ्ने गरेको छ । अहिले आएर मात्र नभएर हिमालयन बैंकका संचालक जितेन्द्र धितालको प्रचण्ड बहादुर श्रेष्ठसँग धेरै वर्षदेखि भएको लेनदेनको नाता रहेको छ । यसैले गर्दा उनीभन्दा पहिले कर्मचारी संचय काषका तर्फबाट संचालक र अध्यक्ष बनेका तुलसि गौतमले स्वयं सहि गरेर अघि बढाएको मर्जर त्यही संस्थाका अर्का कर्मचारी जितेन्द्र धितालले बाधा गरि भाँड्नुलाई अन्य अर्थ लगाउने ठाउँ नरहेको स्रोत बताउछ । आ.व.२०७७/७८ को वार्षिक साधारण सभा लगायत यस मर्जरका लागि आवश्यक विशेष साधारण सभा आज ३० पौष २०७८ मा हुन लागेको छ  । यो मतदानबाट हिमालयन बैंकका वर्तमान सञ्चालन र कर्मचारी सञ्चाय कोषका पदाधिकारीहरुको नियत स्पष्ट हुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्