” कालापानीमा सरकारको मौनता शंकास्पद ” : एमाले

Machchapuchchre

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नेपाली भूभाग कालापानीमा भारत गर्दै आएको सडकसहितको संरचना निर्माणमा सरकारले मौनता सन्देहास्पद रहेको जनाएको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार विज्ञप्ति प्रकाशित गरी राष्ट्रियता सम्बन्धित गम्भीर विषयमा सरकारी मौनताले प्रश्न जन्माएको जनाएका छन् । यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग एमालेले माग गरेको छ । एमालेले सडकसहितको संरचना निर्माण कार्यले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानमा आँच पु¥याउने गतिविधि तत्काल बन्द गर्न भनेको छ । एमालेले वार्ताको माध्यमबाट समस्या समाधान नखोजिँदासम्म कुनै पनि संरचना बनाइनहुन्न भन्ने मान्यता रहेको जनाएको छ । केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक सभालाई सम्बोधन गर्दै कालापानी क्षेत्र हुँदै भारतले सडकसहितको संरचनालाई निर्माण गरिरहेको बताएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्