आज घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ । त्यस्तै चाँदीको मूल्यमा पनि आज सामान्य गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्