घट्याे आज पनि सुनचाँदीको मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज पनि घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएकोमा आज पनि ५ सयले घटेकाे हाे । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ३ सय रूपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकाे छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय २५ रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्