नारायणी नदीमा मोटरबोट सरर चल्यो

Machchapuchchre

अर्थ राजनीति  ~  पछिल्लो समय चितवनको नारायणी नदीमा जलयात्रा व्यवसाय फस्टाएको छ । कोरोना सङ्क्रमण दर कम भएर जनजीवन सहजरुपमा आएसँगै चितवनमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नारायणघाटस्थित नारायणी नदीमा बिहानैदेखि स्टिमर अर्थात् मोटरबोटमा जलयात्राको आनन्द लिनेहरू बढेका छन् । नारायणी नदीमा स्टिमर सञ्चालनको जग बसाल्ने व्यक्ति हुन् चितवनका नारायण शर्मा । उनले २०५८ सालदेखि नारायणी नदीमा मोटरबोट चलाउन सुरु गरेका थिए । शर्माले सुरुमा भरतपुर नगरपालिकाको जेटबोट सञ्चालन गरेका थिए । २०६२ सालमा कोशी ब्यारेज फुटेपछि मानिसहरुलाई नदी तार्न उनले चतरामा समेत मोटरबोट चलाएका थिए । पछि फेरि चितवन आएर उनले मोटरबोट चलाउन थाले । चितवनमा अहिले ८ वटा स्टिमर कम्पनी दर्ता भएका छन् । उनीहरूका २२ वटा स्टिमरमध्ये अहिले १० वटा हाराहारी मोटरबोट हरेक दिन नदीमा कुदिरहेका हुन्छन् । शर्मासँग अहिले ३ वटा मोटरबोट छन् । उनले २०७२ सालदेखि आफैँले मोटरबोट किनेर चलाउन थालेका थिए । उनले यो व्यवसाय थालेपछि अन्य व्यक्तिहरूले पनि उनलाई पछ्याउँदै मोटरबोट थपेका  हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्