ओलीजी माओवादीकै सहयोगमा दुई पटक प्रधानमन्त्री भएकाले ठुला कुरा नगरेकै बेस !

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएकी छिन् । माओवादी केन्द्रकै सहयोगमा ओली दुई पटक प्रधानमन्त्री भएपनि उनले ठूलो कुरा गर्दै हिँडेको दाहालको भनाइ छ । ‘ इतिहासमा दुई पटक प्रधानमन्त्री माओवादी कै सहयोगमा भएकाले ठुला कुरा नगरेकै बेस होला’, दाहालले ओलीप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा भनेकी छन् । उनले विगतमा ओलीको लागि भोट माग्दै प्रचण्ड झापासम्म पुगेको स्मरण गर्दै दाहालले सोही बेला आफ्नो भाइ गुमाउनु परेको समेत बताएकी छिन् । ‘ओलीलाई भोट माग्न ओलीको क्षेत्रमा ओलीसहित अध्यक्ष प्रचण्ड झापा जाँदा घरमा आमा मात्र, त्यहीपनि पार्किन्सनको बिरामी’, दाहालले भनेकी छिन्, ‘भाइको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दुःखद घटना घट्यो। घरमा परिवारका सदस्य कोही पनि नभएको बेला र सबै आ–आफ्नो चुनावी मैदानमा ।  बिरामी आमा मात्र घरमा । के थाहा समयमै अस्पताल लैजान पाएको भए भाइको ज्यान जोगिन पनि सक्थ्यो। ’दाहालले यस्तो परिस्थितिबाट माओवादीसँगको सहकार्यले मात्र ओली प्रधानमन्त्री बनेको जिकिर गरेकी छिन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्