आज तोलामा पाँच सयले घट्यो सुनको मूल्य

Machchapuchchre

अर्थ राजनीति   ~  नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार १ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले घटेको हो । बुधबार सुनको मूल्य तोलामा ९ सयले बढेको थियो ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार १५० रहेको छ ।    त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य ११६५ मा कारोबार भएकोमा आज घटेर तोलामा ११५५ कायम गरिएको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्