पुर्वमन्त्री आलम विरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

Machchapuchchre

अर्थ राजनीति  ~  पुर्वमन्त्री मोहम्मद अफताब आलम विरुद्धको मुद्दामा शुक्रबार पनि सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको बेन्चमा सुनुवाइ हुनेगरी पेसी तोकिए पनि उक्त मुद्दालाई इजलासले ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ । नख्खु कारागारमा थुनामा रहेका आलमले जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । नेपाली काँग्रेसका नेता आलमलाई चुनावमा विष्फोटक पदार्थ र बमको प्रयोग गरेर ज्यान लिएको र ज्यान मार्ने उद्योग गरेको कसुरमा जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । सो आदेशविरुद्ध आलम सर्वोच्च गएका हुन् । यतिबेला रौतहट जिल्ला अदालतमा आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थसम्बन्धी मुद्दा चलिरहेको छ । उनलाई सरकारी वकिलले तत्कालीन समयको कानुन अनुसार कर्तव्य ज्यानमा २० वर्ष, ज्यान मार्ने कसुरमा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा दुई वर्षगरी ३२ वर्षको सजाय मागदावी गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्