बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषदको बैठक

Machchapuchchre

अर्थ राजनीति   ~  आज राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी  थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठकअघि राष्ट्रिय सुरक्षा परिषदको बैठक राखेका हुन् । ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक केही पर सारेर राष्ट्रिय सुरक्षा परिषदको बैठक गरिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकको एजेण्डा भने आफूलाई थाहा नभएको सचिवालयको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्