प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनका नेताहरुसँग मन्त्रीहरुको नाम मागे

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलसँग मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रीहरुको नाम दिन आग्रह गर्नु भएको छ । प्रधानमन्त्री देउवाले अब मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ गर्न नहुने भन्दै मन्त्रीहरुको नाम दिन सत्ता गठबन्धनका दलसँग आग्रह गर्नु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्रीले दलहरुसँग मन्त्रीको नाम मागेको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्नुहुन्न भन्नेमा सबै सहमत भएको बताउदै उहाँले प्रधानमन्त्री ज्यूले गठबन्धनमा रहेका दलका नेतालाई नाम दिन आग्रह गरेको जानकारी दिनुभयो । गठबन्धनमा भएका दलकाले छिट्टै पार्टीमा छलफल गरेर नाम दिने पौडेलको भनाई छ । बैठकमा कांग्रेसबाट सभापति एवम् प्रधानमन्त्री देउवा, महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतकाे सहभागीता रहेकाे थियाे । प्रधानमन्त्रीले मन्त्रीको नाम मागेपछि सत्तारुढ गठबन्धनको बैठक आज साँझ ६ बजे पुनः बस्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्