नागरिकको रक्षाको लागि सरकार ब्यूँझिएन : गोकुल बाँस्कोटा

Machchapuchchre

अर्थ राजनीति  ~ पूर्वमन्त्री तथा नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले अफगानिस्तान प्रकरणमा सरकार उदासिन देखिएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले सार्कको सदस्य राष्ट्र रहेको अफगानिस्तानमा त्यत्रो घटना हुँदा पनि सार्ककै अध्यक्ष राष्ट्र नेपालले त्यसबारे आफ्नो दृष्टिकोण राख्न नसकेको भन्दै आपत्ति जनाए। ‘अफगानिस्तानको घटना के हो? क्रान्ति हो कि प्रतिक्रान्ति हो? हिंसा हो? आक्रमण हो कि प्रत्याक्रमण हो? हस्तक्षप र प्रतिहस्तक्षपका अनन्त शृंखलाहरुले थिलथिलो र खण्डहर भएको त्यहाँको जनताको सुख समृद्धि लोकतन्त्र आदिमाथिको समस्या हो? के हाम्रो देशको कुनै राष्ट्रिय अन्तर्राष्ट्रिय र हाम्रो परराष्ट्रको कुनै दृष्टिकोण छैन? यस विषयमा सरकारले स्पष्ट पार्नका लागि रुलिङ होस् भन्ने माग गर्न चाहन्छौं’, उनले भने। उनले दुनियाँभर मादल बज्दा पनि नब्यूँझिएको आरोप लगाए। ‘संकटमा परेका नेपालीले आफ्नो देश छ, आफ्नो देशमा सरकार छ भन्ने त्यहाँ रहेका नेपालीले थाहा पाएनन्,’ उनले भने, ‘अफगानिस्तानमा रहेका नागरिकको रक्षा हुनुपर्छ, तिनको फिर्तीको व्यवस्था हुनुपर्छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्