तरलता अभाव हुने डरले बैंकले ब्याज बढाउन थाले

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेपछि तरलता अभाव हुने डरले केही बैंकले ब्याज दर बढाएका छन्। यद्यपि अधिकांशले भने राष्ट्र बैंकको निर्देशनलाई पर्खिने विचार गरेका छन्। बैंकहरुले भदौ १ गतेदेखि लागू हुने ब्याज दर अघिल्लो मसान्तसम्म प्रकाशित गरिसक्नु पर्छ। त्यसै अनुसार सोमबार प्रकाशित नयाँ ब्याज दर तालिका अनुसार सरकारीदेखि साना-ठूला सबै खालका बैंकले ब्याज बढाएका छन्। तीन वटा बैंकले भने घटाएका छन्। साउन लागेदेखि नै तरलताका लागि बैंकहरुले संघर्ष गरिरहनु परेको छ। अन्तर बैंक सापटी साढे ४ प्रतिशतभन्दा माथि नै छ। अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्नसमेत बैंकहरुले ५ प्रतिशत ब्याजको स्थायी तरलता सुविधा (एसएलएफ) उठाउनु परेको छ।  राष्ट्र बैंकको सीसीडी खारेज गरेर सीडी लागू गर्ने नीतिपछि बैंकहरु लगानी गर्न पनि गाह्रो हुने अवस्था आएको छ। त्यही भएर केही बैंकले रणनीतिक रूपमा अहिले नै ब्याज बढाएका हुन्। केहीले भने मौद्रिक नीतिमा घोषणा गरिएको कार्यक्रमलाई कार्यान्वयन गर्न कसरी निर्देशन आउँछ भनेर पर्खिएका छन्। बैंकले निक्षेपको ब्याज दर बढाएपछि उनीहरुको लागत बढेर आधार दर वृद्धि हुन्छ। आधार दर बढ्नु भनेको ऋणको ब्याज दर पनि वृद्धि हुनु हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्