आज घट्यो सुनचाँदीको मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~  साताको कारोबारको दोस्रो दिन सोमबार आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघको अनुसार सुन तोलामा १ सय रुपैयाँले घटेको छ । छापावाला सुन आज प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन आज प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्