” सरकारलाई जतिसक्दो चाँडो पूर्णता दिनुपर्छ “: डा. महत

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता डा. रामशरण महतले यथाशक्य सरकारलाई पूर्णता दिनुपर्ने बताएका छन् । रिपोटर्स क्लब नेपालले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले सरकार गठन भएको लामो समयसम्म पनि पूर्णता पाउन नसक्नु गलत भएको बताए । उनले वर्तमान सरकारले यसअघिको सरकारले गरेका गलत कामलाई खारेज गर्नुपर्ने र कमजोरीहरु सच्याउनुपर्नेपनि धारणा राखे । त्यस्तै सरकारले जतिसक्दो चाँडो पूर्ण बजेट ल्याउनुपर्ने पनि उनले बताए । यसअघि अध्यादेशबाट ल्याईएको बजेटलाई प्रतिस्थापन गर्नको लागि पनि नयाँ पूर्ण बजेट ल्याईनुपर्ने पूर्वमन्त्री समेत रहेका महतको भनाइ छ । महतले राजनीतिक नियुक्ति गर्दा योग्य र सक्षम व्यक्तिलाई उचित जिम्मेवारी दिनुपर्ने बताए । डा. महतले भदौमै महाधिवेशन हुने सम्भावना लगभग समाप्त भएको पनि बताए । अहिलेसम्म क्रियाशील सदस्यताको विवाद टुँगो नलागेकोले तोकिएकै समयमा महाधिवेशन हुने सम्भावना नरहेको उनको भनाइ छ । तोकिएकै मितिमा महाधिवेशन हुन नसक्ने भएपछि अब के गर्ने ? भन्नेबारे पनि छलफल सुरु भएको उनले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्