ललितपुर फाइनान्सलाई नेपाल फाइनान्सले प्राप्ति गर्यो

Machchapuchchre

अर्थ राजनीति  ~   नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लिमिटेडसँगको प्राप्ती प्रकृया पुरा गरी असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएको छ । दुवै कम्पनीले जेठ २८ गते विशेष साधारण सभा मार्फत प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए । कम्पनीहरुलाई प्राप्तीका लागि लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते अन्तिम स्वीकृति दिएसँगै कम्पनीहरुले एकिकृत कारोबार सुरु गर्न लागेका हुन । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ती गर्न गत पुस २३ गते प्रारम्भिक सम्झौता गरेको थियो । नेपाल फाइनान्सले १ बराबर १ शेयर आदानप्रदान गर्ने सम्झौता बमोजिम ललितपुर फाइनान्सलाई प्राप्ती गर्न लागेको हो । रू. ३० करोड ५५ लाख ५१ हजार चुक्तापूँजी भएकोे नेपाल फाइनान्सले रू. २३ करोड ६८ लाख ७४ हजार चुक्तापूँजी रहेको ललितपुर फाइनान्सलाई प्राप्ती गर्न लागेको हो । यस अघि ललितपुर फाइनान्सलाई प्राइम कमर्सियल बैंकले प्राप्ती गर्ने भएको थियो । प्राइम कमर्सियलसँगै उक्त सम्झौता भाडिएपछि नेपाल फाइनान्सले प्राप्ती गर्न लागेको हो । विशेष साधारण सभा प्रयोजनका लागि नेपाल फाइनान्सले जेठ १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ भने ललितपुर फाइनान्सको शेयर कारोबार भने रोक्का रहेको छ । प्राप्ती पश्चात नेपाल फाइनान्स लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागिएको हो । कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा रहनेछ । एकिकृत कारोबारका लागि दुबै संस्थाको विवरणलाई एउटै सफ्टवेयरबाट कारोबार गर्न डाटा माइग्रेसन गर्नुपर्ने भएकाले असार २५ गतेदेखि असार २६ गतेसम्म  दुबै कम्पनीको सम्पूर्ण सेवा बन्द रहने जानकारी कम्पनीहरुले दिएका छन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्