मौद्रिक नीतिमा चेम्बरद्वारा स्प्रेडदर र ओभरड्राफ्टमा जोड

Machchapuchchre

अर्थ राजनीति  ~  आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल चेम्बर अफ कमर्सले ३६ बुँदे सुझाव दिएको छ । शुक्रबार चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव बुझाएका हुन् । मल्लले पहिलो र दोस्रो लहरको कोरोनाका कारण अर्थतन्त्रमा धेरै नोक्सानी भएको भन्दै विस्तारकारी मौद्रिक नीति ल्याउन सुझाव दिए । आर्थिक पुनरुत्थान नभई आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसक्ने भन्दै उनले पुनरुत्थानलाई पहिलो प्राथमिकतामा राखेर मौद्रिक नीति ल्याउन आग्रह गरेका छन् । उनले स्प्रेडदर घटाउन तथा ओभर ड्राफ्ट सीमा बढाउन र पुनर्कर्जाको रकम बढाउनुका साथै ब्याज थप सस्तो बनाउन आग्रह गरेका छन् । गभर्नर अधिकारीले विषम परिस्थितिमा वित्तीय संस्था तथा व्यवसाय टिक्न सकेमा मात्र अर्थतन्त्र दीगो हुने बताउँदै अर्थतन्त्रलाई दीगो बनाउने किसिमको नीति आउने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्