प्रहरीले खराब काम गरे मलाई खबर गर्नू : एआईजी पाल

Machchapuchchre

अर्थ राजनीति  ~   उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले शान्ति सुरक्षाको जिम्मा पाएको प्रहरी कर्मचारीले खराब काम गरे आफूलाई जानकारी दिन अनुरोध गरेका छन् । उनले पछिल्लो सयम प्रहरीका आचरणलगायतका धेरै विषयमा सुधार आएको भन्दै कुनै खराब प्रवृत्ति भएका प्रहरी कर्मचारीले गलत गरे आफूलाई जानकारी दिन अनुरोध गरेका हुन् । शान्ति सुरक्षाको पहिलो जिम्मेवारी पाएको प्रहरी संगठनका हरेक कर्मचारीले अनुशासित भएर काम गर्न पनि उनले निर्देशन दिए । भक्तपुर अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जडिबुटी मनोहरा पुलदेखी पलाँसेचोकसम्मको ६४ सीसी क्यामेरा जडानको उद्घाटन गर्दै एआईजी पालले सो कुरा बताएका हुन् । भक्तपुरका विभिन्न सामाजिक संघसंस्था, बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान र स्थानीय तहको आर्थिक सहयोगमा सो क्यामरा जडान गरिएको हो । सीसी क्यामेरा जडानले अपराध नियन्त्रणमा महत्त्वपूर्ण टेवा पुग्ने पनि उनको विश्वास थियो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सडकमा जडान गरिएका सीसी क्यामेराले अपराध अनुसन्धानमा प्रहरीलाई सुक्ष्म तरिकाले अनुसन्धान गर्न र आपराधिक गतिविधि नियन्त्रणमा सहयोग हुने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्