सभापति हुने इच्छा छ, सहयोग गर्नुस् : नेता पौडेल

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आफूनिकट केन्द्रीय सदस्यहरुसँग आग्रह गरेका छन् । उनले शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकमा एकपटकका लागि सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन् ।‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईंहरुले मलाई सहयोग गर्नुपर्‍यो’ पौडेलले बैठकमा भने, ‘मलाई शेरबहादुरजीसँग दाँजेर हेर्नु भएन । मैले न पार्टीको नेतृत्व गर्न पाएको छु, न सरकारको ।’कांग्रेसभित्र सभापति देउवा र वरिष्ठ नेता पौडेलले नेतृत्वबाट अवकाश लिनुपर्ने कतिपय नेताहरुले धारणा राख्दै आएका छन् । पौडेलले आफूलाई देउवासँग नदाँज्न आग्रह गर्दै आफू नेतृत्वका लागि टेष्ट नभइसकेकाे जिकिर गरे । १४ औं महाधिवेशन नजिकिएसँगै नेतृत्वकाे लागि दौडधुप शुरु भएको हो । कांग्रेस सभापति देउवा र उपसभापति विमलेन्द्र निधिले तयारी तीव्र पारेपछि वरिष्ठ नेता पौडेलले भने सक्रियता बढाएका हुन्  तर संस्थापनइतर समूहबाट आधा दर्जन बढीले नेतृत्वका लागि दाबी गरेका छन् । कांग्रेस महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह केसी, डा रामशरण महत र कल्याण गुरुङले नेतृत्वमा दाबी गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्