जेष्ठ नागरिकलाई भ्याक्सिनको दोस्रो डोज दिनु : सर्वोच्चको अन्तरिम आदेश

Machchapuchchre

अर्थ राजनीति  ~  जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको भ्याक्सिनको दोस्रो डोज उपलब्ध गराउन सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मंगलबार सो आदेश जारी गरेका हुन् । ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई सरकारले फागुन २३ मा पहिलो डोज उपलब्ध गराएको थियो । जेठ १५ सम्म पनि दोस्रो डोज खोप लगाउन नपाएपछि नागरिक अभियन्ता चिरञ्जिवी बासगिरीले सर्वोच्चमा रिट हालेका थिए । न्यायाधीश खतिवडाको इजलासले अन्तरिम आदेश र कारण देखाउ आदेश जारी गरेको छ । मुद्दामा अधिवक्ता किर्तिनाथ शर्मा पौडेल, विकास भट्टराई र अमिता गौतम पौडेल लगायतले बहस गरेका थिए । सो आदेशसँगै १३ लाख वृद्ध, वृद्दाले खोप लगाउन पाउने बाटो खुलेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्