‘१४औं महाधिवेशनमा सभापतिमा लड्छु ।’- नेता विमलेन्द्र निधि

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले १४औं महाधिवेशनको कार्यतालिका पास गरेसँगै सभापति शेरबहादुर देउवा मैदानमा उत्रिएका छन् । तर उनलाई लामो समयदेखि उनकै टिममा रहेको उपसभापति विमलेन्द्र निधिले चुनौती दिएका छन् ।निधिले प्रष्ट भनेका छन्, ‘१४औं महाधिवेशनमा सभापतिमा लड्छु ।’ निधिका अनुसार आजका मितिसम्म सभापतिका लागि सात जना उम्मेदवार देखिएका छन् । १३औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका देउवा, रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला अनि त्यसबेला प्रतिस्पर्धा नगरेका उनीसहित प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. शशांक कोइराला । र, उपसभापति निधिका भनाइमा, उनी पछि हट्ने एउटै सम्भावना छ, ‘सर्वसम्मत नेतृत्व चयन ।’उनका अनुसार सहमतिका तीन विकल्प छन् । पहिलो सात जनाबीच छलफल गर्ने र जसको नाममा सहमति जुट्छ, त्यसलाई स्वीकार गर्ने । उनी भन्छन्, ‘एउटाको नाममा सर्वसम्मत हुन्छ भने म स्वीकार गर्न तयार छु । सहमतिका लागि बाधक बन्दिनँ ।’दोस्रो, १३ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका तीन नेता बसेर हामी पार्टीको कार्यकारिणी पद ग्रहण गर्दैनौं । तेस्रो, १३ औंमा सभापति नउठेका, तर अहिले सभापतिमा आकांक्षा राखेका चार नेता बसेर सहमति खोज्ने । निधि भन्छन्, ‘म युवा साथीहरुसँग पनि छलफलमै छु । मेरा समकालीन साथीहरुसँग पनि छलफलमा छु । हामीहरुबीच पनि सहमति भएन भने चुनावका लागि तयार छु । मैले १३ औं महाधिवेशन तपाईंका लागि हो, १४ औं महाधिवेशनमा म उठ्छु भनेको थिएँ । अब महाधिवेशन हुन्छ । संवैधानिक बाध्यता पनि छ । यो राजनीतिक कर्तव्य पनि हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्