कोभिडले थलिएका होटल-रिसोर्टमा घरजग्गा व्यवसायीको नजर

Machchapuchchre Bank

अर्थ राजनीति  ~  नेपालमा पर्यटक आगमनको बढ्दो दर र होटल रिसोर्टले गरिरहेको व्यवसाय देखेर टोपराज खड्का उत्साहित थिए। चितवनको सौराहामा २२ कट्ठा जग्गामा ४४ कोठा रहेको जंगल वर्ल्ड रिसोर्ट राम्रै चल्दै थियो। रिसोर्ट किनेको आठ वर्षपछि उनले अनपेक्षित स्थिति पनि सामना गर्नुपर्‍यो। कोरोना संक्रमणको पहिलो लहर सुरु भयो। सरकारले लकडाउन गर्यो। पर्यटक आवागमन पूरै ठप्प भयो। संक्रमणको प्रभाव घटेर जनजीवन सामान्य बन्न थाले पनि पर्यटकस्तरका होटल, रिसोर्ट र रेस्टुरेन्टका लागि राहत दिन फर्किएनन्। ‘हाम्रो आम्दानीको बाटो बन्द भयो, ऋणको किस्ता तिर्न बैंकको दबाब बढ्यो। रिसोर्ट बेच्ने स्थितिमा पुग्यौं,’ उनले भने, ‘३२ करोड रुपैयाँमा डिल भइसकेको छ।’ एक वर्षअघि नै ३५ करोड रुपैयाँमा प्रोपर्टी बिक्री गर्ने योजना बनाएका खड्कासहितका लगानीकर्ता तीन करोड घटेर ग्राहक पाउँदा पनि चित्त बुझाउने अवस्थामा आए। ‘बैना गर्ने क्रममा निषेधाज्ञा जारी भयो। अहिले लेनदेनको प्रक्रियामा प्रभाव परेको छ,’ उनले भने।

बैंकसँग ऋण लिएर होटल, रिसोर्ट र रेस्टुरेन्टमा लगानी गरेका धेरैको अवस्था यतिबेला खड्काको भन्दा फरक छैन। संक्रमणको लहर शान्त भएर व्यवसायले पुनः गति लिने मिति कसैले भविष्यवाणी गर्न सक्ने अवस्थामा छैन। त्यसैले कम मूल्यांकनमै पनि आफ्नो प्रोपर्टी बेच्न चाहने बढेका छन्। यही मौकामा प्रोपर्टी व्यवसायीका आँखा होटल-रिसोर्टमा परेको छ। यतिबेला सौराहा र पोखराका केही होटल-रेस्टुरेन्ट किनबेचका लागि मोलतोल चलिरहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्