आवश्यक परे मुख्यमन्त्री भट्टलाई मत दिने कांग्रेसको निर्णय

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले त्रिलोचन भट्ट नेतृत्वको सरकार ढल्न नदिने बताएको छ । माओवादी केन्द्रका मुख्यमन्त्री भट्टले केहीबेरमा प्रदेशसभामा विश्वासको मत लिने तयारी छ । त्यसअघि बसेको कांग्रेस संसदीय दलको बैठकले सदनभित्रको अवस्था हेरेर निर्णय लिने निर्णय गरेको छ । सरकारलाई समर्थन गरेको एमाले र माओवादीको मतले मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था आएमा कांग्रेसले पनि मत दिने कांग्रेस सचेतक टेकबहादुर रैकाले बताए । मत नचाहिए कांग्रेसले तटस्थ बस्नेछ ।

विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ । ५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् । एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्