निषेधाज्ञाका कारण इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरमा थप ढिलाइ

Machchapuchchre

अर्थ राजनीति  ~  नेपालको बैंकिङ मर्जरमा इतिहास रच्ने क्रममा रहेका दुई ठूला बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको ‘बिग मर्जर’ सम्झौतालाई बिहीबारदेखि लागु हुने निषेधाज्ञाले धकेलेको छ । मंगलबार (१४ वैशाखमा) एमओयू गर्न सहमत भएका यी दुई बैंक दुई सिइओको कानुनतः अमिल्दो प्रस्तावका कारण रोकिएका थिए । मर्जरपछिको हिमालयन एन्ड इन्भेष्टमेन्ट बैंकमा सिनियर र जुनियर गरी दुई सिइओ राख्नुपर्ने प्रस्ताव इन्भेष्टमेन्ट बैंकका तर्फबाट आएपछि मंगलबार एमओयू हुन नसकेको स्रोतको भनाइ छ । यसअघि एकीकृत बैंकको अध्यक्ष हालको इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे रहने र सिइओको जिम्मेवारी हाल हिमालयनको सिइओ रहेका अशोक राणालाई दिने सहमति भएको थियो  तर, इन्भेष्टमेन्टको तर्फबाट आएको हालका इन्भेष्टमेन्टका सिइओ ज्योतिप्रकाश पाण्डेलाई जुनियर सिइओ बनाइनुपर्ने प्रस्तावलाई विद्यमान कानुनले अनुमति नदिने भन्दै हिमालयन बैंक र नियामक निकायले समेत अस्वीकार गरेपछि सिनियर डेपुटी सिइओ राखेर मिलाउने प्रयास भइरहेको स्रोतको भनाइ छ । मूल विषयहरुमा सहमति जुटेर दुवै सञ्चालक समितिले मर्जरलाई स्वीकृति दिई राष्ट्र बैंकलाई समेत जानकारी गराइसकेको अवस्थामा आएका नयाँ प्रस्तावहरुमा छलफलबाट मिलाउन सकिने तर एमओई भने निषेधाज्ञा खुलेपछि मात्र हुने भएको छ । दुवै बैंक सम्झौताका लागि आतुर भए पनि निषेधाज्ञाले सम्झौता मिति धकेलिएको हो । इन्भेष्टमेन्ट र हिमालयनबीचको बिग मर्जरले सबैभन्दा ठूलो वाणिज्य बैंकलाई जन्माउनेछ । मर्जरपछिको बैंकको चुक्तापुँजी करिब २७ अर्ब हुनेछ । यो नै हालसम्मको सबैभन्दा ठूलो मर्जर हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्