आन्तरिक उडान बन्द गर्नुपर्ने सीसीएमसी सचिवालयको निष्कर्ष

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले घोषणा गरेको निषेधाज्ञा लागु हुने पूर्वसन्ध्यामा बुधबार दिउँसो सीसीएमसी सचिवालयको एउटा टोली त्रिभुवन विमानस्थलमा अनुगमनका लागि पुगेको थियो । अनुगमन टोलीले त्यहाँको दृश्य अवलोकन गर्नुका साथै तस्बिरहरु खिच्यो । अन्ततः विमानस्थलको दृश्य हेरेपछि सीसीएमसीको सचिवालय आन्तरिक उडान तत्काल बन्द गर्नुपर्ने निष्कर्षमा पुगेको छ ।‘विमानस्थलमा यस्तै भिड भइरहने हो भने अब आन्तरिक उडान तत्काल बन्द गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं’ सीसीएमसीमा आवद्ध एक सुरक्षा अधिकारीले रातोपाटीसँग भने, ‘विमानस्थलमा भिडभाड बनाएर निषेधाज्ञा सफल हुँदैन । विमान चढ्न जाने र ओर्लनेहरुका कारण सडकमा पनि सवारी साधनको पनि मोबिलिटी बढ्छ र यसबाट संक्रमण फैलने डर हुन्छ ।’सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञाको घोषणा गरे पनि आन्तरिक र बाह्य हवाई उडान भने यथावतै राख्ने निर्णय गरेको छ । हवाई उडान बन्द नभएपछि उपत्यका आवत–जावत गर्नेहरुको भीड विमानस्थलमा बढेको सीसीएमसीका अधिकारीहरु बताउँछन् ।अहिलेको अवस्थामा सीसीएमसीको सचिवालयले चाहेर मात्रै हवाइ उडान रोकिँदैन । यसमा मन्त्रिपरिषदले नै चासो राख्नुपर्ने हुन्छ । सचिवालयका अधिकारीहरु आन्तरिक हवाई उडान तत्काल बन्द गर्न सीसीएमसी निर्देशक समितिमार्फत प्रधानमन्त्रीलाई अनुरोध गर्ने तयारी भइरहेको बताउँछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्