४ घन्टामै शेयर बजारमा ६७ अंकको गिरावट

Machchapuchchre

अर्थ राजनीति  ~  आईतबार केही घन्टामै शेयर बजारमा ६७ अंकको गिरावट आएको छ । यो साताको पहिलो दिन कारोबारमा आएको करिब ४ घन्टामै शेयर बजारमा ठूलो गिरावट आएको हो । समाचार तयारपार्दा सम्म शेयर बजार ६७.७५ अंकले घट्दै २५८०.२५ विन्दुमा झरेको छ । यसदिन २ सय १४ कम्पनीको ९७ लाख ५९ हजार ५ सय ६५ कित्ता शेयर ४ अर्ब ९१ करोड ३१ लाख ५५ हजार १ सय ६१ रुपैयाँमा खरिद बिक्री भएको छ ।नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) यो हप्ताको पहिलो दिन आइतबार ६६ अंकभन्दा बढीले घटे पनि  दुई कम्पनीको शेयरमा भने पोजेटिभ सकिर्ट लागेको छ । महिला लघुवित्त र विशाल बजार कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्