नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाए पदाधिकारी बैठक

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। आज दिउँसो २ बजे पदाधिकारी बैठक बस्ने भनिएको थियो । सभापति देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। १४ औं महाधिवेशन तयारीका विषयमा बैठक केन्द्रीत हुने पौडेलले सेतोपाटीलाई बताए। कांग्रेसले सोमबार केन्द्रीय समिति बैठक पनि राखेको छ। उक्त बैठकका एजेन्डा तय गर्न पनि आज पदाधिकारी बैठक बस्न लागेको हो। समसामयिक राजनीतिक घटनाक्रम, जेठ ६ मा एक सिटका लागि हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलगायत विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बस्न लागेको हो। कांग्रेसमा क्रियाशील सदस्यता वितरण तथा नवीकरण पनि चल्दैछ। अहिलेसम्म करिब ७ लाख कांग्रेसका क्रियाशील सदस्य भइसकेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्