लक्ष्मी बैंक द्वारा वित्तीय सप्ताह २०२१ कार्यक्रम शुभारम्भ

Machchapuchchre

अर्थ राजनीति  ~  विश्व वित्तीय सप्ताह (ग्लोबल मनिविक) २०२१ को उपलक्ष्यमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकको वित्तीय साक्षरता आभियानअन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयहरुका करिब एक हजारभन्दा बढी विद्यार्थीलाई सामान्य वित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउदैं खुत्रुके वितरण गरिएको थियो । यसका साथै युवाहरुमा प्रविधिको प्रयोग गरी बैकिङ बचत गर्ने बानीको विकास गर्नेे उद्देश्यले विभिन्न व्यवसायमा आवद्घ साना व्यवसायीलाई डिजिटल बैंकिङको प्रयोग सम्वन्धी ३ वटा तालिम सत्र सञ्चालन गरिएको थियो । यसैगरि लक्ष्मी बैकको परिकल्पना तथा सौजन्यमा निर्मित वित्तीय साक्षरता अभिवृद्घि सम्बन्धी वृत्तचित्र ‘समृद्घिको अभियान, लक्ष्यवित्तीय ज्ञान’ नेपाल टेलिभिजनबाट प्रसारण गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्