जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ । गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मङ्गलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।
छोराछोरीको बाल पोषण भत्ताको खाता खोल्न भनी गाउँपालिकाको केन्द्र वाई सुइजिउला आएका ल्वार बेपत्ता हुनुभएको थियो । बेपत्ता ल्वारको विभिन्न ठाउँमा खोजी गरे पनि कतैबाट पत्ता नलागेको र खोजी गर्दै जाँदा दुई महिनापछि शव नदी किनारमा भेटिएको बताईएको छ ।
स्वामीकार्तिकको हिमालयन बैंकमा खाता खोल्नका लागि घरबाट आएका ल्वार बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्था फेला पारेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।