नेपाली बजारमा सुनको मूल्य ५०० रूपैयाँले वृद्धि

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज ‍पनि छापावाला सुन प्रतितोला ५०० रूपैयाँले बढेर ८७ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ८६ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यो मूल्य शुक्रबारको तुलनामा ५०० रूपैयाँले बढेको हो । चाँदीको मूल्य आज तोलामा ५ रूपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १२७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्