सौराहा अब डिजिटल बजारमा परिणत भयो

Machchapuchchre

अर्थ राजनीति  ~  सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ। कुमारी बैंक र फोनपे पेमेन्टको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो। कुमारी बैंक र फोनपेले सौराहामा क्युआर भुक्तानीलाई तिव्र रुपमा अगाडि बढाइरहेका छन्। रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले क्युआर भुक्तानीको उद्धघाटन गरेका हुन्। यससँगै सौराहाका प्रत्येक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ। अब सौराहा घुम्न जाने पर्यटकहरुलाई नगद रकम बोक्नुपर्ने बाध्यता छैन। रत्ननगर नगरपालिका प्रमुख बनले आर्थिक कारोबार डिजिटल हुँदा सुशासन र पारदर्शीता कायम हुने बताए। नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी  निर्देशक भुवन कँडेलले व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरेका हुन्। उनले नगदरहित कारोबारले मुलुकको अर्थतन्त्रमा पनि ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे। यो बैंकको देशभर १ सय ९२ शाखा, १३ वटा एक्स्टेन्सन काउन्टर तथा २२ वटा शाखा रहित बैंकिङ सेवा छ। फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने २ लाख ६० हजार भन्दा बढी मर्चेन्ट छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्