साताको अन्तिम कारोबार दिन ९० अंकले बढ्यो नेप्से

Machchapuchchre

अर्थ राजनीति  ~  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेर हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने सबै समूहका सबइन्डेक्सहरु बढेका छन् । सेयर कारोबार मापक नेप्से परिसूचक ९० दशमलव ६७ अंकले उकालो लागेर २ हजार ५ सय ६ दशमलव ६८ अंकमा पुगेको छ ।”क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ दशमलव ६७ अंकले उकालो लागेको छ । यस अघि बुधबारको कारोबारमा नेप्से परिसूचक ३९ अंक भन्दा धेरैले गिरावट आएको थियो । पछिल्लो केही दिन यता निरन्तर जसो घटेको बजार बिहीबार भने ठूलो अंकले उकालो लाग्दा लगानीकर्तामा सकारात्मक संदेश गएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्