मलाई मधेस पस्न नदिए पनि पानीलाई चाहिँ नरोक्नुहोला : प्रधानमन्त्री

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेस पस्न नदिएपनि पानीचाहिँ नरोक्न आग्रह गरेका छन्। सुनकोशी-मरिन डाइभर्सनको सिन्धुलीमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘केपी ओली मधेस नपसे पनि खेतमा पानीचाहिँ पसाउँछ, पानीचाहिँ नरोक्नुहोला।’ उनले कार्यक्रममा सहभागी रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई यो सन्देश लिएर जान आग्रहसमेत गरेका थिए। ‘यो आयोजनाले तराई र पहाडलाई जोड्नुका साथै एउटा ठूलो कुराको जवाफ दिन्छ। केपी ओलीलाई मधेसविरोधी भनेर तराईमा पस्त नदिने भन्थे तर, केपी ओलीलाई मधेसमा पस्न नदिए पनि तराई मधेसमा पानी पठाइन्छ। मुख्य मन्त्रीज्यूलाई म भन्न चाहान्छु मलाई तराई मधेसमा पस्न नदिएर केही भएन पानीचाहिँ पस्न दिनु होला। तराईमा त्यस्ता जनताहरू छैनन्, मलाई केही छैन अर्को कमला सुनकोशी डाइभर्सनबाट थप १ लाख ७० हजार हेक्टरमा क्षेत्रफल सिँचाई पुगेपछि तराईबासीहरूले आफैं गेट बनाउँनेछन्,’ उनले भने।उक्त डाइभर्सनबाट प्रदेश २ का जिल्लामा एक लाख ८५ हजार बिगाहा सिँचाइ गर्ने योजना रहेको उनले बताए। त्यस्तै, डाइभर्सनको पहिलो बिन्दुबाट ३१ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको उनले बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्