डा. प्रकाशशरण भन्छन्- कांग्रेस आफ्नो नेतृत्वमा मात्रै सरकारमा जान्छ

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन्। पत्रकारसँगको कुराकानीले उनले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे। उनले भने, ‘मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो। सहमतिमा के कुरा छन् भन्नेचाहिँ हामीलाई थाहा छैन।’ उनले प्रतिनिधिसभा बैठक सञ्चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै सरकारमा जानुपरेमा आफ्नै नेतृत्वमा मात्रै जाने स्पष्ट गरे। ‘हाम्रो उपस्थितिविना सरकार बन्न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौं,’ उनले भने। सरकार बनाउन कांग्रेसको आवश्यकता परेमा मात्र सरकारमा जाने उनले स्पष्ट पारे।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्