अर्थ राजनीति ~ दाहाल नेपाल समूहको नेकपाले देशका ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । संसद विघटनपछि विभाजित बनेको दाहाल नेपाल समूहले विभिन्न जिल्लामा नेतृत्व चयन गरेको हो । दाहाल र नेपाल दुबैले समान हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेपछि जिल्लाले अध्यक्ष र सचिव पाएको छ । दाहाल नेपाल समूहले जारी गरेको सूची अनुसार अहिलेसम्म टुंगिएका ६५ जिल्लामा पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन् भने अझै ९ जिल्लामा नेतृत्व टुंगो लगाउन बाँकी रहेको छ । यसैगरी सो समूहले काठमाडौैं, ललितपुर र भरतपुर महानगरपालिकाको अध्यक्ष र सचिवको टुंगो लगाएको पनि बुझिएको छ । बाँकी रहेका जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस गर्ने नेकपा प्रचण्ड–माधव पक्षले जानकारी दिएको छ ।
दाहाल-नेपाल समूहको जिल्ला नेतृत्व चयन
